ग्रामरलाई सफलता



ग्रामरले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको खेलमा ग्रामरले गणेश हिमाललाई ४–१ गोलले पराजित ग¥यो । ग्रामरबाट चारै गोल दीपक तामाङले गरे ।

अन्य खेलमा पिस प्वाइन्टले दर्शनालाई ४–०, उज्ज्वल ताराले एआईएलाई टाइब्रेकरमा ४–३, गोल्डेन बडले नेपाल तारालाई टाइब्रेकरमा ३–२ र पिक प्वाइन्टले कान्तिपुरलाई २–० गोलले हराए ।

प्रतिक्रिया दिनुहोस्