कप्तान किरणलाई मनास्लुको सम्मान



चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाई सोमबार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मान– २०८१ बाट सम्मान गरिएको हो ।

सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा.डा. बालचन्द्र लुईटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित ग¥यो ।

उनीहरुलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्