पञ्च मु दवूद्धारा एक सय वर्षीय पञ्च दम्पती सम्मानित



काठमाडौं । यो देशमा केही हुँंदैन भन्ने भाष्य युवाहरुमा पाइरहेको बेला त्यही भाष्य पुराना पुस्ताका मानिसमा पनि रहेको देखिएको छ । भक्तपुरका एक सय वर्षीय एक दम्पतीले देशमा केही नभएरै युवा पुस्ता विदेशिन बाध्य भएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक पाण्डुबजार वस्ने एक सय एक वर्षीय हरिलाल पञ्च र उनकी धर्मपत्नी केशरी धौबञ्जा पञ्चले देशमा राम्रो भएको हेरेर मात्रै मर्न पाउँं भनी इच्छा व्यक्त गरेका छन् । आफनै परिवारमासँंगै बसको दुई नाति र उनका दुवै श्रीमतीहरु विदेशिन बाध्य भएको भोगेका उनीहरुले स्वदेशमै काम गर्ने वातावरण हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।

यी जोडीलाई भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको थियो । पञ्च मु दवू (पञ्च थर भएकाहरुको मुख्य मञ्च) ले आफना कुलका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमवीच सम्मान गरेको हो । भक्तपुरमा रहेका पञ्च थर भएकाहरुको संयुक्त भेलासहितको भेटघाटमा हरिलाल र केशरीसहित ८० वर्ष उमेर पूरा गरेका कुलका अन्य ८ जनालाई कुलकोतर्फबाट सम्मान गरिएको थियो । भेलामा पञ्च थर भएका भक्तपुरका विभिन्न ठाउँहरुमा छरिएर रहेका तीन सय २१ सदस्यहरुको सहभागिता रहेको थियो ।

हरिलालको जन्म १९७९ सालमा भक्तपुर नगरपालिका वडा नं १ (साविकको भक्तपुर नगरपालिका वडा नं १७) इटाछें भक्तपुर र केशरीको जन्म भक्तपुरकै मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेरामा १९८५ सालमा भएको हो ।

हरिलाल र केशरीका चार छोरा र तीन छोरीहरु छन् । तर तिनीहरुमध्ये तीन वटै छोरीहरुको निधन भइसकेको छ । हाल उनीहरु कान्छो छोरा लक्ष्मीप्रसादको परिवारसँंग भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा बसोबास गर्दछन् ।

उनीहरुको परिवारमा कान्छो छोरा लक्ष्मीप्रसाद, बुहारी नानीछोरी, दुई नातिहरु निरज र निकेशसहित उनीहरुका दुई श्रीमतीहरु गरेर आठ जना संख्याको परिवार थियो । तर पछिल्ला वर्षहरुमा दुवै नाति विवाह गरेर विदेश पलायन भएका छन् । आफना नातिहरुको मीठो माया पाएका उनीहरु नातिहरु विदेशिनु परेकोमा दुःख विसाउँंछन् । त्यही कारणले नै उनीहरुलाई देश राम्रो अवस्थामा नभएको अनुभब दिलाएको हो ।

हरिलाल र केशरीको परिवारमा सगोलमा रहेका कान्छो छोरा लक्ष्मीप्रसादले विगत एक दशक वढी सयमदेखि आमाबुबाहरु बाहिर निस्कन नसकेको जनाए । उनका अनुसार अहिले दुवैजना घरको कोठाभित्र सामान्य हिडडुल गर्न सक्छन् । दुवैजना अहिले घरको कोठाबाहिर रहेको अट्याच ट्वाइलेट आफैं शौच गर्न जान सक्छन् । साथै घरको भरयाडका बार समात्दै दुवैजना कासीसम्म अहिले पनि आफैं पुग्नसक्ने अवस्थामा रहेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए । अहिले उनीहरु दुवैजना सामान्य कुरा गर्नसक्ने अवस्थामै छन् । कान भने अलि कम सुन्ने अवस्थामा छन् । हाल बुबाले कुनै औषधि खान नपरेको तर आमा मुटुको रोगी भएकाले औषधि सेवा गर्न परिररहेको लक्ष्मीप्रसादले बताए । आफना बुबा कहिले तनाव नलिने र एउटा किसानको छोरो भएर युवा अवस्थामा कडा परिश्रममा रहनु नै दीर्घ जीवनको रहस्य भएको हुनसक्ने अनुमान उनले लगाए । बुबाले युवा अवस्थामा खाली खुटाले काभ्रेपलान्चोक जिल्लाको पनौतीदेखि (झण्डै २० किलामिटर) दुवैतिर १४÷१४ पाथी मकै किनेर खर्पणमा बोकेर भक्तपुर ल्याउने गरेको बताउने उनले सम्झे ।

पञ्च मु दवूका अध्यक्ष दुरुकाजी पञ्चले आफूहरुको पुख्यौली बसोबास भक्तपुर नगरपालिका वडा नं १ इटाछेंमा रहेको तर हाल परिवार बृद्धिसँंगै भक्तपुरकै किवाचो गुण्डु, लिवाली, पाण्डुवजार, सल्लाघारीलगायतका ठाउँंहरुमा नयाँं घर बनाएर वस्न पुगेको देखिएको जनाए । पञ्च थर भएकाहरुको मल्ल कालमा थर मल्ल रहेको तर पृथ्वीनारायण शाहले भक्तपुर विजयी गरेपछि मल्लहरुलाई लखेटी लखेटी मारेकाले मल्ल थर परिवर्तन गरी पञ्च थर राखेको कथन रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्