इस्टपोल र लिटिल एन्जल्स फाइनलमा



इस्टपोल र लिटिल एन्जल्स १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार फाइलनमा प्रवेश गरेका छन् ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको पहिलो सेमिफाइनलमा इस्टपोलले गेट्वे एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । इस्टपोलका छेवाङ लामा र विभूषण कट्वालले समान १–१ गोल गरे भने बाँकी गोल आत्माघाती थियो ।

अर्को सेमिफाइनलमा लिटिल एन्जल्सले आयोजक लोयल्टीलाई ३–१ गोलले हरायो । लिटिल एन्जल्सका आयुश थापाले २ तथा विज्ञान राजभण्डारीले १ गोल गरे । लोयल्टीका उसुम थापाले सान्त्वाना गोल गरे । लिटिल एन्जल्स र लोयल्टी दुईपटकका उपाधि विजेता हुन् । फाइनल सोमबार हुनेछ ।

त्यसअघि आइतबारै भएको क्वाटरफाइनलमा गेट्वेले चेल्सी वल्र्ड स्कुललाई २–०, इस्टपोलले हिमालयनलाई ७–०, लिटिल एन्जल्सले जगत मन्दिरलाई ८–० र लोयल्टीले होली गार्डेनलाई २–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्