महिला रग्बी सेभेन्स च्याम्पियनसिप आयोजना हुँदैं



काठमाडौं । नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते ‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना हुँदैंछ ।

भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुनेछन्। सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लब प्रतियोगितामा सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी,मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ ।

प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफीबाट सम्मानित गरिनुका साथैसहभागी सम्पुर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिने आयोजक टिमले बताएका छन् ।

आयोजकले सहभागी टिमलाई एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्था गरेको छ । नेपाल महिला रग्बी क्लबले पहिलो पटक राष्ट्रिय स्तरको महिला कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दशौं राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गरेका छौं । कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण सञ्चारकर्मी मित्रहरुको सहयोगको अपेक्षा गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्