पलेशा सम्मानित



जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धनलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

डोजाङको आयोजनामा कपनमा भएको प्रथम जुगल नव काठमाडौं तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा पलेशालाई सम्मान गरेको हो । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक श्याम थापालाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, जुगल नव गुरुकुल स्कुलका अध्यक्ष डोरप्रसाद आचार्य, जुगलका संस्थापक प्रिन्सिपल गिताबहादुर लामिछाने, बूढानीलकण्ठ नगरपालिका वडा १० का अध्यक्ष नवराज भट्टराई र डोजाङ प्रमुख न्हवाङ लामाले सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्