
गेट्वे एकेडेमी र ग्लोबलले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
गेट्वेले विनायकलाई ३–० गोलले पराजित ग¥यो । अनुप तामाङले २ तथा कृजल श्रेष्ठले १ गोल गरे । ग्लोबलले मोनास्टिकलाई ३–१ गोलले हरायो । ग्लोबलका लागि कृष ताम्राकार, सागर श्रेष्ठ र विदान बरालले गोल गरे । मोनास्टिकका सौर्य ओलीले सान्त्वना गोल गरे ।
काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा दर्शना, माउन्ट सेब र नेक्ससले सफलता पाए ।
दर्शनाले एकलब्यलाई ३–० गोलले पाखा लगायो । आयुशले २ तथा शम्भु बस्नेतले १ गोल गरे । माउन्ट सेबले सञ्जय साईलाई टाइब्रेकरमा ५–४ गोलले पन्छायो । नेक्ससले प्रीतिमामाथि ३–० को जित रच्यो । विराज दुगुले २ तथा सोमन्जन भण्डारीले १ गोल गरे ।