
नेपाल सोतोकाई कराते संघको आयोजनामा भएको छैटौं बिधालय स्तरीय कराते प्रतियोगिताको उपाधी योङ्ग हार्ट्स स्कुलले जितेको छ।
सृजना ईङ्लिस स्कुल नयाँबस्ति गोकर्णेश्वरमा भएको प्रतियोगितामा ५ स्वर्ण ३ रजत,७ कास्य सहित टिम प्रथम भएको हो भने ४ स्वर्ण २ रजत ५ कास्य जितेको हाई भिजन स्कुल,टिम दोस्रो भयो,४ स्वर्ण १ रजत ६ कास्य जित्दै लर्ड्स लाईट स्कुल टिम तेस्रो भयो।
बिजयी खेलाडीहरु लाई गोकर्णेश्वर नगरपालिकाको उपमेयर सान्नानी लामा,वडा न ६ का वडा अध्यक्ष नबराज लामा आयोजकका प्रमुख बिकास मोक्तान लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।
प्रतियोगितामा विभिन्न १५ बिधालयका १५० खेलाडीहरुको सहभागीता रहेको थियो।