जेभियरलाई हेराल्ड कप



जेभियर इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
बसुन्धरास्थित आयोजक हेराल्ड कलेजको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७–६९ ले पराजित ग¥यो । जेभियरका रिदश केसीले २१ अंक जोडे । ग्रिनफिल्डका सोनाम लामाले २७ स्कोर गरेपनि जित दिलाउन सकेनन् ।

ग्रिनफिल्डले पहिलो र दोश्रो क्वाटरमा लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट वण्चित भयो । ग्रिनफिल्डले पहिलो क्वाटरमा १९–१२ र दोश्रोमा १७–१३ को प्रदर्शन गरेको थियो । तेश्रो क्वाटरको खेलमा फर्किएको जेभियरले २४–१३ को अग्रता लिदै खेललाई ४९–४९ को बराबरीमा ल्यायो । चौथो क्वाटरमा जेभियर २८–२० ले अघि रहँदै उपाधि सुनिश्चित ग¥यो । चौथो क्वाटरको खेल सकिन केहि मिनेट बाँकी छँदा पनि दुवै टोली ५८–५८ को बराबरीमा थिए ।

जेभियर प्रतियोगिताभर अपराजित रहँदै विजेता बनेको हो । समूह चरणको खेलमा जेभियरले नामी, साउथ वेस्टर्न र ब्रिटिस गुर्खालाई पाखा लगाएको थियो । जेभियरले क्वाटरफाइनलमा एन्जल्स हार्ट र सेमिफाइनलमा गोल्डेनलाई पन्छाएको थियो । जेभियरका अशिम थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

तेश्रो स्थानका लागि भएको खेलमा आयोजक हेराल्डले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५७–४१ ले हराउदै  तेश्रो भयो । हेराल्डका कृष्ण सिंहले २१ अंक जोडे ।

विजेतालाई हेराल्डका प्रिन्सिपल सह–प्राध्यापक विनोद रेग्मी, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्