सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको भाउ पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्