ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्