हेराल्ड कलेज सेमिफाइनलमा



आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेराल्डले साउथ वेस्टर्नलाई ६४–५८ ले पराजित ग¥यो । हेराल्डका बुद्ध सुनारले १९ अंक जोडे । सेमिफाइनलमा हेराल्डको भेट ग्रिनफिल्डसंग हुनेछ । ग्रिनफिल्डले लालीगुराँस नेसनल एकेडेमीलाई ८९–५२ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले १८ स्कोर गरे ।

बसुन्धरास्थित आयोजक हेराल्ड कलेजमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनल भिडन्त पक्का गरे ।

गोल्डेनगेटले मनास्लुमाथि ५१–४५ को जित रच्यो । गोल्डेनगेटका युवराज तामाङले १८ अंक बटुले । जेभियरले एन्जल्स हार्टको चुनौती ६३–४१ ले समाप्त पा¥यो । जेभियरका लक्की महर्जनले १५ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्