आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्