नेपाल गल्फ संघद्वारा सदभाव र राहुल सम्मानित



काठमाडौं । ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले व्यक्तिगततर्फ स्वर्ण विजेता सदभावलाई नगद ५० हजार प्रदान गरी सम्मान गरे । सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागीता जानउँदै आएको थियो । बङ्गलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका थिए ।

सदभावले राहुल विश्वकर्मासँग मिलेर टिम तर्फको उपाधि पनि जिते। टिममा स्वर्ण जितेका सदभाव र राहुललाई जनही २५/२५ हजार सहित सम्मान गरिएको छ । सदभावले कुल ७५ हजार प्राप्त गरे। यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सदभाव आचार्यले टिम तर्फ स्वर्ण जितेका थिए ।

चारदिने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्