हेराल्ड कलेज क्वाटरफाइनलमा



आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले न्युटनलाई ५२–४६ ले पराजित ग¥यो । हेराल्डका राज गुरुङले १३ अंक जोडे । जेभियर इन्टरनेसनल, एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुगे । जेभियरले ब्रिटिस गुर्खालाई  ५२–४३ ले हरायो । जेभियरका रिहदुस केसीले १२ स्कोर गरे ।

एन्जल्स हार्टले युनिग्लोबमाथि ३०–२७ को कठिन जित दर्ता ग¥यो । लालीगुराँसले फ्लोरोसेन्टलाई ४३–३२ ले पाखा लगायो । लालीगुराँसका सान भण्डारीले १० अंक जोडे ।

यससंगै समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ । क्वाटरफाइनल हेराल्ड र साउथ वेस्टर्न, लालीगुराँस र ग्रिनफिल्ड, जेभियर र एन्जल्स हार्ट तथा मनास्लु र गोल्डेनगेटबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्