
काठमाडौं । रेडियन्ट पब्लिक र ह्वाइटफिल्ड ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रेडियन्टले निःसर्ग वाटिकालाई ५४–३७ ले पराजित ग¥यो । रेडियन्टको जितमा रविन्द्र खत्रीले २६ अंक योगदान गरे । नेहाल अन्सारीको १४ अंक सहयोगमा ह्वाइटफिल्डले रेडियन्ट रिडर्सलाई २७–२१ ले हरायो ।
सिनियर ब्वाइजमै भ्याली भ्युले पिपुल्स एकेडेमीलाई ३३–१९ तथा एलआरआईले स्वर्णिमलाई ४०–३९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । भ्याली भ्युका गणेशबहादुर विष्टले १६ तथा एलआरआईका ¥युची श्रेष्ठले २५ स्कोर गरे ।
सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल आयोजक एक्सेल्सियर र होली भिजन, एलआरआई र निःसर्ग वाटिका, भ्याली भ्यु र ह्वाइटफिल्ड तथा रेडियन्ट पब्लिक र स्वर्णिमबीच हुनेछ ।
सिनियर गल्र्समा रिब्सले द चाँदबागमाथि ३०–६ को सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । रिब्सकी सुप्रिया मल्लले ११ स्कोर गरिन् ।

सिनियर गल्र्समा पनि क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी र एक्सेल्सियरले चाँदबाग विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
फुटसल : एक्सेल्सियर क्वाटरफाइनलमा
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा एक्सेल्सियरले एलआरआईलाई ४–१ गोलले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक्सेल्सियरका लागि सम्भव चारै गोल ओजस पाठकले गरे ।
यु–११ मै चाँदबागले न्यु जेनिथलाई १–० गोलले हराउदै क्वाटरफाइनलमा पुग्यो । अनुभव अर्यालले निर्णायक गोल गरे । यु–९ मा राई स्कुल दोहोरो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । पहिलो खेलमा राई स्कुलले संस्कृतिलाई २–० गोलले पाखा लगायो । अरुस भण्डारी र आभास रेग्मीले समान १–१ गोल गरे । अर्को खेलमा रिहान श्रेष्ठको निर्णायक गोलमा राई स्कुलले आयोजक एक्सेल्सियरलाई १–० गोलले पाखा लगायो ।
यु–१६ मा एक्सेल्सियर ले रेडियन्ट पब्लिकलाई ३–२ गोलले पन्छ्याउदै समूह ‘सी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । एक्सेल्सियरका अनिशा रोका र सर्जक अर्यालले समान १–१ गोल गरे भने एक गोल आत्माघाती थियो । रेडियन्टका सुर्भिस खड्का र विजेश गौतमले समान १–१ गोल फर्काए । रेडियन्ट पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश ग¥यो ।