
आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइज÷गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्वयम्भूस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धामा एक्सेल्सियरले बेबी एन्जल्सलाई २९–२१ ले पराजित ग¥यो । एक्सेल्सियरका सोङमेन तामाङले २० अंक जोडे ।
सिनियर गल्र्समा एक्सेल्सियर ‘रातो’ ले एलआरआईलाई ९–८ ले हराउदै समूह ‘ए’ को विजेता बन्यो । विजयी टिमका लागि अकिना घिमिरेले ६ स्कोर गरिन् । एलआरआई पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा एलआरआईले संस्कृतिलाई ४३–३७, होली भिजनले पिपुल्स एकेडेमीलाई ३५–२८ र रेडियन्ट पब्लिकले ग्यालेक्सी पब्लिकलाई ३०–२९ ले पाखा लगाए । एलआरआईका ¥युची श्रेष्ठले १९, होली भिजनका रितेश श्रेष्ठले १० र रेडियन्ट पब्लिकका कार्थिक थापाले ७ स्कोर गरे ।
फुटसल :
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा एक्सेल्सियरले ग्यालेक्सीलाई ५–१, द चाँदबाग स्कुलले ग्रिनफिल्डलाई २–० र भ्याली भ्युले बोधीवृक्षलाई ७–० गोलले पराजित गरे । अर्को खेलमा एक्सेल्सियर र चाँदबागले १–१ गोलको बराबरी खेले ।
यु–१६ मा न्यु एराले एलआरआईलाई ४–१ गोलले पाखा लगायो भने एक्सेल्सियर र बोधीसत्वबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो । यु–१४ मा काठमाडौं लिङकनले ग्यालेक्सी पब्लिकलाई ३–२ गोलले पन्छायो ।