नामी र सीसीआरसी विजयी



नामी र सीसीआरसीले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
बसुन्धरास्थित हेराल्ड इन्टरनेसनल कलेजमा भइरहेको प्रतियोगितामा नामीले ब्रिटिस गुर्खालाई ३८–३१ ले पराजित ग¥यो ।

नामीका लागि टासी शेर्पाले १४ अंक जोडे । सीसीआरसीले ग्रिनफिल्डलाई ५८–५४ ले हरायो । सीसीआरसीका निम्ति तुसार महर्जनले १८ स्कोर गरे ।

जेभियर इन्टरनेसनलले साउथ वेस्टर्नलाई ७८–७०, मनास्लुले ओरियन्टलाई ३९–३३, साइपाल एकेडेमीले फ्लोरोसेन्टलाई ६२–५७, युनिग्लोबले न्युटनलाई ३७–३३ र लालीगुराँस नेसनल एकेडेमीले गोल्डेनगेट इन्टरनेसनललाई ५१–४५ ले पाखा लगाए ।

जेभियरका आशिष मगरले २०, मनास्लुका कोसिश भुजेलले १८, साइपालका अनिल भण्डारीले २९, युनिग्लोबका सक्षम शाहीले १५ र लालीगुराँसका प्रज्ज्वल बस्नेतले २१ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्