रिभेरा र डाफोडिल च्याम्पियन



आयोजक रिभेरा इन्टरनेशनल एकेडेमी र डाफोडिलले तेश्रो रिभेरा तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । रिभेरा ग्योरोगी तथा डाफोडिल पुम्सेमा च्याम्पियन बने ।

रिभेराले ५ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । ५ स्वर्ण, १ रजत र १ कांस्यसाथ डाफोडिल दोश्रो तथा २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ इन्साइट भिजन तेश्रो भए ।

पुम्सेमा च्याम्पियन बनेको डाफोडिलले ३ स्वर्ण र ४ कांस्य हात पा¥यो । १ स्वर्ण, २ रजत र १ कांस्यसाथ रिभेरा दोश्रो तथा १ स्वर्ण, १ रजत र ४ कांस्यसाथ श्रृष्टि तेश्रो बने ।

प्रतियोगिताको पुरुषमा इन्साइट भिजनका सजिद हुसैन तथा महिलामा हिमशिखरकी सुहाना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले ३ हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे । नेपाल एभरेष्ट स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा ८ का अध्यक्ष आशामान संगत, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, रिभेराका प्रिन्सिपल प्रज्ज्वल कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १८ टिमका २ सय २४ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्