
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बौद्ध चिल्ड्रेन हेभेन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
फेरिल्यान्डले न्युटनलाई ३२–२८ ले पराजित ग¥यो । फेरिल्यान्डकी खुशबु मगरले ९ अंक जोडिन् । बौद्धले एनसीसीएसलाई ३०–२२ ले हरायो । बौद्धकी जस्मिन गुरुङले १२ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा न्युटन र किङडम हिमालयनले उपाधि भिडन्त पक्का गरे । न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३०–२१ ले पाखा लगायो । न्युटनका आशिष राईले १३ अंक जोडे । किङडमले ग्रिनल्यान्डमाथि २७–१८ को जित दर्ता ग¥यो । किङडमका साजन लामाले ९ अंक बटुले । फाइनल आइतबार हुनेछ ।