एक्सेल्सियर कपमा रेडियन्ट पब्लिक क्वाटरफाइनलमा



रेडियन्ट पब्लिक स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रेडियन्टले ग्यालेक्सी पब्लिक स्कुललाई २२–६ ले सहजै पराजित गरी समूह ‘डि’ को विजेता बन्यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १८ अंक जोडिन् । ग्यालेक्सी पनि सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

सिनियर गल्र्सकै अर्को खेलमा एलआरआईले श्री नवीन ज्योतिलाई १५–५ ले हरायो । एलआरआईका रिडम भुजेलले ७ स्कोर गरिन् ।

सिनियर ब्वाइजको बास्केटबलमा एलआरआईले पुष्पसदनलाई ३३–३२, भ्याली भ्युले श्री नवीन ज्योतिलाई ४२–१९, न्यु जेनिथले ग्यालेक्सीलाई २१–१८ र ह्वाइटफिल्डले बेबी एन्जललाई १८–१६ ले पाखा लगाए । एलआरआईका ¥युची श्रेष्ठले २४, भ्याली भ्युका गणेशबहादुरले १८, न्यु जेनिथका सैनिक महर्जनले ८ र ह्वाइटफिल्डका निश्चल अन्सारीले ७ अंक बटुले ।

फुटसल : एक्सेल्सियरको दोहोरो जित
एक्सेल्सियर कपको ब्वाइज फुटसलमा आयोजक द एक्सेल्सियर स्कुलले दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको ‘रातो’ र ‘नीलो’ टोलीले यु–११ उमेरसमूहमा जित हात पारे ।

एक्सेल्सियर ‘रातो’ ले ग्रिनफिल्डलाई २–१ गोलले पराजित ग¥यो । विजेताका दि«शान्त कार्की र जम्बाला लामाले समान १–१ गोल गरे । ग्रिनफिल्डका रिसब गुरुङले १ गोल फर्काए । एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ३–० गोलले हरायो । विजयी टिमका लागि आर्यन कटुवाल, रोनिश श्रेष्ठ र ओजस पाठकले समान १–१ गोल गरे ।

यु–११ कै अर्को प्रतिस्पर्धामा भने जोन डेवीले एलआरआईमाथि ६–० को सहज जित दर्ता ग¥यो । जोन डेवीका रोनिश खड्काले ४ तथा प्रणाम भण्डारी र जने कार्कीले समान १–१ गोल गरे ।

यु–१६ मा रिब्सले एलआरआईलाई ५–२ गोलले पाखा लगायो । रिब्सका ब्लेस गुरुङ र रिसन लामाले समान २–२ तथा सम्रन गुरुङले १ गोल गरे । एलआरआईका समर राईले २ गोल गरे । यु–९ मा जोन डेवीले एक्सेल्सियरलाई ४–० गोलले पन्छायो । जोन डेवीका शुभवीर ब्लोनले ह्याट्रिक गरे भने रेनभ मल्लले १ गोल थपे ।

प्रतिक्रिया दिनुहोस्