
गोल्डेनगेट इन्टरनेसनल कलेज र लालीगुराँस नेसनल एकेडेमीले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
गोल्डेनगेटले फ्लोरोसेन्टलाई ६०–४० ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा सागर लामिछानेले २६ अंक योगदान गरे । प्रज्ज्वल बस्नेतको १० अंक सहयोगमा लालीगुराँसले साइपाल एकेडेमीलाई ३९–३६ ले हरायो ।
अन्य खेलमा आयोजक हेराल्ड इन्टरनेसनल कलेज ‘ए’ ले युनिग्लोबलाई ४७–४०, साउथ वेस्टर्नले ब्रिटिस गुर्खालाई ४४–२८, जेभियर इन्टरनेसनल कलेजले नामीलाई ६९–५९, एन्जल्स हार्टले न्युटनलाई ३४–१९ र ग्रिनफिल्डले मनास्लुलाई ४५–४० ले पाखा लगाए । हेराल्ड ‘ए’ का कृष्ण सिंहले २४, साउथ वेस्टर्नका अनमोल गुरुङले १५, जेभियरका प्रितम थिङले १०, एन्जल्स हार्टका लिजेन क्षेत्रीले ८ र ग्रिनफिल्डका सोनम लामाले २४ स्कोर गरे ।