
काठमाडौं। आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बन्यो ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल रोलबल संघको सहयोगमा भएको प्रतियोगितामा २७ अंकसाथ श्री शिवा दोश्रो भयो । तेश्रो स्थानको अल्कापुरीले ७ अंक जोड्यो ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कारकै हातामा भएको प्रतियोगिताको प्रि स्कुलको गल्र्समा त्रिशा बज्गाईं, यु–६ गल्र्समा स्वरा खनाल, ६–८ वर्ष गल्र्समा आर्या कार्की, ८–१० वर्ष गल्र्समा जियाना अर्याल र १२–१४ वर्ष गल्र्समा सान्भी श्रेष्ठले ज्ञान संस्कारलाई स्वर्ण दिलाए ।
श्री शिवाका ४ खेलाडीले स्वर्ण जिते । श्री शिवाका लागि यु–६ ब्वाइजमा साश्वतराज विडारी, ६–८ वर्ष गल्र्समा केन्जो राई, ८–१० वर्ष ब्वाइजमा रेमन गुरुङ र १०–१२ वर्ष गल्र्समा आशिया तामाङले स्वर्ण हात पारे ।
प्रि स्कुल ब्वाइजमा अम्बेल किड्सका प्रियान्श श्रेष्ठ, १०–१२ वर्ष ब्वाइजमा एसिया प्यासिफिकका प्रिन्स श्रेष्ठ र १२–१४ वर्ष ब्वाइजमा अल्कापुरीका अमन चौधरी पहिलो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, ज्ञान संस्कार इन्टरनेशनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बडु, ज्ञानसंस्कारकी प्रधानाध्यापक निलम बानिया बडुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै स्केटिङ खेल अहिलेका बालवालिका माझ निकै लोकप्रिय बन्दै गएको बताउदै नेपाली खेलकुदको विकास र विस्तारमा विद्यालयहरुको पनि महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे । एकदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।