चितुवाको आक्रमणबाट महिलाको मृत्यु



काठमाडौं। बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

उनले भने, ‘नेपाल-भारत सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’

उनका डिएसपी मगरका अनुसार स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्