फेरिल्यान्ड र न्युटन सेमिफाइनलमा



आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र न्युटन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्डले एपेक्स लाइफलाई २६–१६ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा सन्दिपा राईले १८ अंक योगदान गरिन् । आईरिन राणाको १० अंक सहयोगमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२० ले हरायो ।

सोही स्पर्धामा बौद्ध चिल्ड्रेन हेभेनले सेन्ट जोसेफलाई ३०–२० तथा एनसीसीएसले ग्रिनल्यान्डलाई २९–२५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । बौद्धकी जस्मिन गुरुङले १४ तथा एनसीसीएसकी सियोना श्रेष्ठले १९ अंक जोडे । सेमिफाइनलमा बौद्धको भेट एनसीसीएससंग हुनेछ भने फेरिल्यान्डले न्युटन विरुद्ध खेल्ने छ ।

जुनियर ब्वाइजमा बीएनएले सेन्ट जोसेफलाई २१–१७, किङडम हिमालयनले हिमालयलाई ४५–२५, न्युटनले गुरुकुललाई ३७–२७ र ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१६ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । बीएनएका कुशल थापाले ८, किङडमका प्रवेश लामाले १२, न्युटनका आर्यन विकले १० र ग्रिनल्यान्डका विश्वास केसीले ८ स्कोर गरे । सेमिफाइनल बीएनए र न्युटन तथा किङडम र ग्रिनल्यान्डबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्