हेराल्डको विजयी सुरुआत



आयोजक हेराल्ड इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले एन्जल्स हार्टलाई ४७–२९ ले पराजित ग¥यो । हेराल्डका कृष्ण सिंहले १६ अंक जोडे ।
अन्य खेलमा मनास्लुले सीसीआरसीलाई ५४–४२, साउथ वेस्टर्नले नामीलाई ५१–४१, गोल्डेनगेट इन्टरनेसनल कलेजले साइपाल एकेडेमीलाई ४४–३८ र ग्रिनफिल्डले ओरियन्टलाई ४०–३० ले हराए । मनास्लुका सौगातले १०, साउथ वेस्टर्नका सरोज श्रेष्ठले ११, गोल्डेनगेटका युवराज तामाङले १५ र ग्रिनफिल्डका प्रदीप खड्काले १२ स्कोर गरे ।

प्रतियोगिताको हेराल्डका प्रिन्सिपल एसोसिएट प्रोफेसर विनोद रेग्मी, सिफ्ट इन्चार्जद्वय राजेशराज अर्याल र मदनप्रसाद फुयाल र एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनीले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्