न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४४ टिमका करिब ४ सय ९० खेलाडीको सहभागिता रहने आयोजक समितिका रन्जितबहादुर डंगौराले जनाएका छन् । अफिसियलमा २८ सहित जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अफिसियल स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु क्षेत्रपाटीस्थित आयोजककै हातामा खेलाइने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।