व्याडमिन्टन र टेबलटेनिसमा पनि त्रिभुवन नै अगाडी



काठमाडौं । दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टबल टेनिसमा त्रिभुवन विश्व विद्यालयले ३ स्वर्ण प्राप्त गरेको छ । उसले २ रजत र एक कास्य पदक प्राप्त गरेको छ ।

यस्तै गण्डकी विश्व विद्यालयले १ स्वर्ण १ रजत र २ कास्य प्राप्त गरेको छ । यस्तै काठमाण्डौ विश्वविद्यालयले १ रजत तथा ३ कास्य जितेको छ भने पोखरा र पूर्वान्चल विश्व विद्यालयले एक एक कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै आजै सम्पन्न भएको व्याडमिन्टनमा पनि त्रिभुवन विश्व विद्यालय नै अगाडी रहयो । उसले ४ स्वर्ण र एक रजत जित्न सफल भएको छ ।

यस्तै पोखरा, लुम्विनी र गण्डकीले एक एक रजत हाल पारे भने काठमाण्र्डौले ३ कास्य पदक प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्