रिभेरा इन्टरनेशनल एकेडेमीको आयोजनामा मिति २०८१ माघ २६ गते तेश्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप २०२५ चाबहिल, मैजुबहालमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा शम्भाभी स्कुल, नेपाल एभरेष्ट स्कुल, दुर्गाभवनी एकेडेमी, डाफोडिल बोर्डिङ, बोधी सदन स्कुल, हिमशिखर स्कुल, टेक्सास स्कुल, युनिर्भसल हाई स्कुल, अपि स्कुल, सनसाईन किट्स, ग्राण्डी स्कुल, श्रीपिङ्गला टिकेडी, लिटिल लनर्स स्कुल, इनसाईट भिजन स्कुल, सेन्ट जर्ज ईन्टरनेसलन स्कुल, श्रृष्टी एकेडेमी, केएमसी स्कुल, एपेक्स लाइफ स्कुल र आयोजक रिभेरा एकेडेमीसहित १८ टिमहरुबाट २ सय २४ खेलाडी सहभागी हुने आयोजक स्कुलका प्रिन्सिपल प्रज्ज्वल कोइरालाले जानकारी गराए ।
प्रतियोगितामा पुरुष ग्योरुगी तर्फ १८ के.जी मुनि, २१ के.जी मुनि, २४ के.जी मुनि, २७ के.जी मुनि, ३० के.जी मुनि, ३३ के.जी मुनि, ३७ के.जी मुनि,४१ के.जी मुनि, ४५ के.जी मुनि र ५० के.जी मुनि रहेका छन् ।
महिला ग्योरुगी तर्फ १९ के.जी मुनि, २२ के.जी मुनि, २६ के.जी मुनि, २९ के.जी मुनि, ३३ के.जी मुनि, ३७ के.जी मुनि, ४१ के.जी मुनि, ४५ के.जी मुनि, ५० के.जी मुनि र ५४ के.जी मुनि रहेका छन् ।
पुम्से इभेन्टमा महिला तथा पुरुष तर्फ ८ वर्ष मुनि, ९ वर्षदेखि १० वर्षसम्म, ११ वर्षदेखि १२ वर्षसम्म र १३ वर्षदेखि १४ वर्षसम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजक स्कुलका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जानकारी गराए ।





