
न्युटन र ग्रिनल्यान्डले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले हिमालयलाई २८–१६ ले पराजित ग¥यो । न्युटनका आशिष राईले ११ अंक जोडे । ग्रिनल्यान्डले सेन्ट जोसेफलाई १५–१२ ले हरायो । ग्रिनल्यान्डका विश्वास केसीले ८ अंक जोडे ।
जुनियर ब्वाइजमै बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले पिक प्वाइन्टलाई ३५–२५ तथा किङडम हिमालयनले गुरुकुललाई ५१–२८ ले पाखा लगाए । बीएनएका सुप्रिन बस्नेतले १० तथा किङडमका साजन लामाले १२ स्कोर गरे ।
जुनियर गल्र्समा न्युटनले सेन्ट जोसेफलाई २६–१४, बौद्ध चिल्ड्रेन हेभेनले मन्जरीलाई ३७–२२, ग्रिनल्यान्डले लोयल्टी एकेडेमीलाई १७–१२ र एनसीसीएसले एपेक्स लाइफलाई २४–१७ ले पन्छाए । न्युटनकी एरिना राणाले १८, बौद्धकी जस्मिन गुरुङले १२, ग्रिनल्यान्डकी जेनी मगरले ६ र एनसीसीएसकी सियोना श्रेष्ठले ६ अंक बटुले ।