सिआइबिको छानबिन बाट धनराज केही देखिएन : काङ्ग्रेस प्रवक्ता महत



काठमाडौ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा कुनै कसुर नभएको नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताउनु भएको छ ।

प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासंग कुराकानी गर्दै पुर्व मन्त्री महतले पाटिको बदनाम गर्न उपसभापतिलाई सहकारी काण्डमा जोडिएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘धनराजको बिसयमा सिआईबिले छानबिन गर्‍यो कुनै प्रमाण भेटेन । उहाँ संगै नभएको श्रीमतीको देखियो उहाँको देखिएन ।’ सिआइबिको छानबिनले कुनै प्रमाण नभेटेपछि धनराज निर्दोष रहेको उहाँको तर्क थियो । श्रीमतीले गरेको गल्ती धनराजलाई लगाउन नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्