नेरिक सेमिफाइनलमा



नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा नेरिकले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १७–१० ले पराजित ग¥यो । नेरिकका लागि सविन खत्रीले १४ अंक जोडे ।

जुनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा सनसाइनले इनोभेटिभलाई २१–१३ तथा केयर इङलिसले काठमाडौं जेभियर्सलाई २४–१४ ले हराए । सनसाइनका आयुश बोहराले ८ तथा केयरका उत्सव सिग्देलले १४ स्कोर गरे ।

सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं जेभियसलाई ४१–२५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।

मातृभूमिका नविनतम खड्काले १७ अंक जोडे । केएमसीले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४७–४२ ले पन्छायो । केएमसीका स्वीकारले २८ अंक जोडे ।

सिनियर गल्र्समा मातृभूमिले नेपाल मेगालाई १५–८ तथा केएमसीले एआईएलाई २८–१५ ले पराजित गरे । मातृभूमिकी साइजा श्रेष्ठले ९ तथा केएमसीकी आकृशाले १६ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्