कर्मचारी संघले ग¥यो मल्लको विधाई



राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले निवर्तमान विभागीय प्रमुख प्रेमबहादुर मल्लालाई विधाई गरेको छ । २०५३ सालमा शाखा अधिकृतबाट परिषद्मा सेवा प्रवेश गर्नु भएका मल्ल अधिकृत प्रथम श्रेणीबाट अवकास हुनु भएको हो ।

मल्ललाई संघले सम्मान पत्र सहित विदाई ग¥यो । संघका अध्यक्ष सरस्वती केसीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रन्जन थापाले तीन सय ४१ जना कर्मचारी बढुवामा प्रशासनिक नेतृत्व प्रदान गरेको भन्दै मल्लको प्रशंसा गरेका थिए ।

संघले गरेको विदाई कार्यक्रममा विभिन्न विभाग तथा शाखा प्रमुखहरुको सहभागिता रहेको संघका महासचिव कुमार बस्नेतले बताएका छन् । सोही अवसरमा संघले हालै प्रशासन विभाग प्रमुख नियुक्त हुनु भएका भोजानन्द राईलाई बधाई तथा शुभकामना दिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्