
आयोजक इनोभेटिभ इङलिस स्कुलले १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ ।
बुद्धनगरस्थित घरेलु कोर्टमा इनोभेटिभले हिमालीलाई २७–१५ ले पराजित ग¥यो । इनोभेटिभका रोशन चौधरीले ९ अंक जोडे । सोही स्पर्धामा नेरिक एकेडेमीले क्याम्पियन काठमाडौंलाई ४९–१४ ले हरायो ।
जुनियर ब्वाइजमा ज्ञान निकेतनले काठमाडौं जेभियरलाई २९–१२, नेरिकले इनोभेटिभलाई २१–६ र केयर इङलिसले मोडर्न स्कुलाई १२–२ ले पन्छाए । सिनियर गल्र्समा रिब्सले जिएनएसलाई २५–८ र रोज बडले नेपाल मेगालाई १८–८ ले पाखा लगाए ।
प्रतियोगिताको राष्ट्रिय बास्केटबल टोलीका विनोद महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । सिनियर ब्वाइजमा १४, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १० टिम सहभागी छन् ।