
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आज बुधबार पत्रकार सम्मेलन गर्दै छन् ।
रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।





