
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-७ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन हुने भएको छ।
यहि मङ्सिर २८ गते शुक्रबार दिनको ०२ः३० बजे डठुगाउँमा रहेको कार्यालय उद्घाटन समारोहमा उपश्थित हुन वडाध्यक्ष बस नारायण महर्जनले वडावासी लगायत नगरवासी सबैलाई आग्रह गरेका छन्।
सोहि दिन बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १० मा रहेको कपन ह्यान्डबलको बहुउदेश्यीय खेल मैदान तथा बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १ र २ को प्रशासनिक भवन समेत उद्घाटन हुने आयोजक बूढानीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ।





