काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले लाइन काटिएका उधोगमा २४ घण्टाभित्र बिजुली जोड्न सरकारले दिएको निर्देशनको विरोध गरेका छन् ।
सोमबार नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले ऊर्जामन्त्री र प्राधिकरण सञ्चालक समितिलाई सम्बोधन गरेर पत्र लेख्दै उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन भनेका हुन् ।
६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने पत्रमा उल्लेख छ ।