यस्ता छन् मन्त्रिपरिषद्को बैठकका १४ निर्णयहरु



काठमाडौं । संघीय मन्त्रिपरषद् बैठकका दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। यही साउन २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्त एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २२ को बैठकको १३ वटा र २३ को बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्