सरकारद्धारा १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ? (सूचीसहित)



काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

हेर्नुहोस् कुन देशको राजदूतमा को सिफारिस ?

१‍, डा.शंकरप्रसाद शर्मा – भारत
२, कान्ता रिजाल –अष्ट्रेलिया
३, नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४, प्रा.डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५, धनप्रसाद पण्डित – इजरायल
६, रामकृष्ण भट्टराई – श्रीलंका
७, सनिल नेपाल – स्पेन
८, डा.शैल रुपाखेती – जर्मनी
९, लोकदर्शन रेग्मी – अमेरिका
१०, चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११, डा.शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२, जंगबहादुर चौहान – रुस
१३, रमेशचन्द्र पौडेल – कतार
१४, प्रा.डा.कृष्णप्रसाद ओली – चीन
१५, सुम्निमा तुलाधर – डेनमार्क
१६, नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७, प्रकाशमणि पोखरेल – पोर्चुगल
१८, रीता धिताल – पाकिस्तान

प्रतिक्रिया दिनुहोस्