प्रतिनिधि सभा बैठक सुरू, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै



काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । तर यस पटक उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए ।

तीमध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परिसकेको छ ।

प्रचण्डलाई साथ दिएका नेकपा एमाले, नागरिक उन्मुक्ति, जसपासहितका दलहरूले साथ छाडिसकेका छन् ।

प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्