प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । यसअघि नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।

उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्