
काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।
उनले बाढीपहिरो तथा विपद्जन्य घटनामा परी स्याङ्जामा तीन, तनहुँमा तीन, पर्वतमा दुई, काभ्रेपलाञ्चोकमा दुई, काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक–एक जना गरी १४ जनाको मृत्यु भएको जानकारी दिए ।
भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणी, महाकालीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।





