
सिन्धुपाल्चोक । वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।
गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुखले जानकारी दिए ।
२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।
मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो ।





