काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका छन् ।
आइतबार एक विज्ञप्ति निकाल्दै उनले यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने जनाएका छन् ।
उनले वर्तमान सरकारले आफूमाथि गरेको विश्वासका लागि आभार प्रकट गरेका छन् । ‘सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु’, उनले भनेका छन्, ‘तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्ने पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु ।’