प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल जारी



काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको हो ।

संकटग्रस्त सहकारी संस्थाहरूमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि भोलि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ । यसअघि बुधबार पेशी रहेकोमा राजनीतिक चासो समेतका कारण ढिलाइ भएको चर्चाबीच तीन नेताहरूबीच छलफल चलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्