सुरक्षण मुद्रणसम्बन्धी विधेयक संशोधन प्रस्ताव स्वीकृत



काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

बैठकबाट उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरू भाग लिन चाहेनन् । 

त्यसपछि मन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने पेस गरेका थिए । राष्ट्रियसभा अध्यक्ष दाहालले गरेको प्रस्ताव सहमतिले पास भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्