![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/03/gold-copy_1.jpg?fit=720%2C428&ssl=1)
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि सोमबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।