महोत्तरीमा एक युवकमाथि गोली प्रहार



जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ ।

जिल्लाको गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथी मराहा खोलामा गोली प्रहार भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ ।

आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको बताईएको छ् ।

प्रतिक्रिया दिनुहोस्