बाल मन्दिर जग्गा प्रकरण : पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ



काठमाडौं । बाल मन्दिरको जग्गा प्रकरणमा केन्‍द्रीय अनुसन्धान ब्युरोले कांग्रेस नेता तथा नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको छ।

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले शुक्रबार पक्राउ गरेको हो ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ ।

प्रतिक्रिया दिनुहोस्