डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ७ जना घाइते



डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्